काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक बुधबार सम्पन्न भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल गरिएको हो।
बैठकमा आयोगमा राजनीतिक दल, विज्ञ तथा निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी आउँदो साता दोस्रो पूर्ण बैठक आयोजना गर्ने तयारी गरिएको छ।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा १५ सदस्यीय उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय गरेको थियो।
बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्ता लगायतको सहभागिता रहेको थियो।
Comment