काठमाडौंसहित ४५ जिल्लामा बाढीको जोखिम, १८ वटाका लागि ‘एल्लो वारेन्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सम्भावित बाढीबारे जानकारी र होसियारीका लागि चेतावनी जारी गरेको छ। बाढी महाशाखाले बिहान जारी गरेको बुलेटिनमा भनिएको छ : आज इलाम, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, रामेछाप, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, गोरखा, धादिङ, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर‍पूर्व, नवलपुरपश्चिम, चितवन, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, बाजुरा, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीहरूमा बहाब सामान्य बढ्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ।

यी जिल्लामध्ये सिन्धुपाल्चोकसहित १८ वटालाई भने बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर‍पूर्व, नवलपुरपश्चिम र चितवन छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।