ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई बिना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव दिएका छन्।

तत्काल उनको ज्यान सुरक्षित रहेको भन्दै ट्रम्पले खमिनीलाई यस्तो सुझाव दिएका हुन्। यो सजिलो लक्ष्यमा अगाडि बढे अहिले उनी सुरक्षित भएको उनको भनाइ छ।

इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ। धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन्। तर धेरैले अन्य कुनै पनि स्थान सही नभएको बताउन थालेका छन्।

अहिले संसारका धेरै नेता अमेरिकी राष्ट्रपति ट्रम्पको अबको बाटोको बारे अनुमान गर्न थालेका छन्।

युद्ध चलिरहँदा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको छ। इजरायलले इफाहान लगायत इरानको तीन आणविक केन्द्रमा आक्रमण गरिरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।