काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २५ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार सुन प्रतितोला एक लाख ९७ हजार ५ सय रुपैयामा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
Comment