काठमाडौं । जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेका नवराज बोहरा ३१ औँ दिनमा काठमाडौँ आई पुगेका छन् ।
गरिबी, शिक्षा अभाव, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जेठ ४ गतेदेखि बालुवाटारसम्मको पैदल यात्रा गरिरहेको बोहरा मंगलबार बिहान बालुवाटार आइपुगेका हुन् ।
कर्णालीका मुद्दाहरु सहित बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सुनाउन उनले पैदल यात्रा गरेका थिए । सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कर्णालीका मुद्दाहरू राख्ने उनले बताएका छन् ।
Comment