दिलभूषणलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । सोमबार उच्च अदालतमा भएको न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले विपक्षीलाई ५ असारमा उपस्थित हुन र पाठकलाई कुनै प्रकारको धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उक्त आदेशमा भनिएको छ,’२०८२/०३/०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरि निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्न/नगराउन उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।