काडमाडौं । प्रतिनिधि सभामा विरोध र नाराबाजीका बीच बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । जेठ १५ गते ल्याएको बजेटमाथि छलफल सुरू गरे पनि सांसदको उपस्थिति न्यून छ।
राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपाले लगातार संसद बैठक अवरूद्ध गर्दै आइरहेको छ। यसले प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् । तर, सत्तापक्ष तर्फ पनि सांसदहरुको उल्लेख्य सहभागीता पनि देखिँदैन।
अधिकांश सांसदहरू आफ्ना कुरा राख्दै हिँड्दै गरेपछि संसद भवनमा कुर्सी खाली खाली छ।
Comment