काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सोमबार पनि प्रतिनिधिसभा वेल घेराउ गरेका छन् । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउनुपर्ने माग राखिरहेको रास्वपाले विरोधलाई निरन्तरता दिएको हो ।
रास्वपाका सांसदहरूले बैठक चलिरहँदा कहिले उठेर नाराबाजी त कहिले पलेँटी कसेर विरोध गरिरहेका छन् । पलेँटी कसेर बस्दा उनीहरू मौन थिए । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले संसद बैठक मर्यादित हुनुपर्ने भन्दै उनले अहिले आफूहरु आफू कुन ठाउँमा छौं भन्ने थाहा नपाएको बताए ।
उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ, बुझ्न सकिनँ ।’ उनले रास्वपा सांसदहरुतर्फ इंगित गर्दै भने, ‘माननीय सदस्यहरुका कुर्सी रोइरहेका छन्, कुर्सीले माननीय सदस्यहरु भेट्न पाइरहेका छैनन् ।’
Comment