काठमाडौं । फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहीन बनेका डा. केशव श्रेष्ठ सकुशल भेटिएका छन् । उनलाई प्रहरीले बालाजुबाट नियन्त्रणमा लिएको छ । प्रहरीले उनीसँग सोधपुछ गर्न थाल्दा उनी आफू आत्महत्याका लागि डोरी खोजिरहेको बताएका थिए । अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।
रामेछाप अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट गल्ती बिनाको सजाय दिएर आत्महत्या गर्न बाध्य पारिएको भन्दै सम्पर्क विहीन भएका थिए । जागिरको क्रममा आफूलाई विभिन्न व्यक्तिहरुले दुःख दिएको कुरा उल्लेख गर्दै उनले गल्ती विनाको सजाय भोग्न बाध्य बनाइएको फेसबुकमा उल्लेख गरेका छन् ।
Comment