शेयर बजारमा झिनो अंकको बृद्धि, कारोबार रकम ११ अर्ब ४४ करोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ को विन्दुमा कायम भएको छ । आज ९० कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनकिो शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०८ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ७६२ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ४४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा माई हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८९ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८७ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ६४ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।\

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पियोर इनर्जी र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ९दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ८४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।