काठमाडौँ । कुमारी बैंकले संस्थापक शेयर सर्वसाधारणमा बिक्री गर्ने भएको छ । बैंकले ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
बैंकका विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न इच्छुक भई बिक्रीका लागि निवेदन आएको हुँदा बिक्रीमा राखिएको हो ।
बैंकले यसअघि शेयर राष्ट्र बैंकको नियमानु्सार बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर बिक्रीमा राखेको थियो। तर संस्थापकबाट सम्पूर्ण शेयर खरीद नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो।
उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
Comment