ट्रेड टावरको आईपीओ बाँडफाँट, १७ लाख आवेदकको हात खाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वसाधारणका लागि निष्कासन भएको ट्रेड टावरको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो । कुल ३ लाख २९ हजार ६५० आवेदकले सेयर पाएका छन् ।

तीमध्ये ५ जनाले ११ कित्ताका दरले र बाँकी ३ लाख २९ हजार ६४५ जनाले १० कित्ताका दरले सेयर पाएको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा २० लाख ५९ हजार ३८८ आवेदन रितपूर्वक परेको थियो । यीमध्ये १७ लाख २९ हजार ७३८ जना आवेदकको हात रित्तो भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।