काठमाडौं । भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दु:खद खबर प्राप्त भएको छ।’ दुर्घटनाको समयमा, उनीहरू गौरीकुण्डमाथि घाँस काटिरहेका थिए र उनीहरूले दुर्घटना देखेपछि तुरुन्तै प्रहरीलाई फोनमार्फत जानकारी गराएका थिए।
Comment