विराटनगर । भारतको प्राविधिक सहयोगमा पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ३ जना मजदुरको मृत्यु भएको छ । मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोलाको बेलिब्रिज जडानका क्रममा शनिबार बेलुका भाँचिएको थियो । सो घटनामा ६ जना मजदुर गम्भीर घाइते भएका थिए । तीमध्ये ३ जनाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पुल भाँचिदा बाराको जितपुरसिमरा उपमहानगरपालिका–१२ का २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरीको मृत्यु भएको हो । दुर्घटनामा घाइते सिमराकै भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीको नोबेलमा उपचार भइरहेको छ ।
Comment