काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले केही नियमहरूमा परिमार्जन गरेको छ । आईसीसीले एकदिवसीय खेलमा दुई बलको प्रयोग हुने नियममा परिमार्जन गरेको छ भने खेलाडीको टाउकोमा चोट लाग्दा गरिने ‘कन्क्सन सब्स्टिचुट’ सम्बन्धी व्यवस्था पनि नयाँ गरिएको छ । नयाँ नियम टेस्टमा जुन १७, एकदिवसीयमा जुलाई २ अनि टी–२० मा जुलाई १० देखि लागू हुनेछ ।
परिमार्जित नियमअनुसार एकदिवसीय खेलमा एक इनिङ्समा दुई एन्डबाट दुई नयाँ बलले बलिङ सुरुवात गर्दै ३४ ओभरसम्म त्यसरी दुई बल प्रयोग गरिनेछ । ३४औं ओभर सकिएपछि बलिङ टोलीले प्रयोग भइरहेका दुईमध्ये एक बल छानेर बाँकी ओभरहरूमा त्यही एक बलले नै दुवै एन्डबाट बलिङ गर्नुपर्नेछ ।
Comment