यी जिल्लाका नदीमा बहाव बढ्ने, सतर्कता अपनाउन आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मनसुन विस्तार भएसँगै देशका केही सानाठूला नदीमा शुक्रबार (जेठ ३०) पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । तमोर, अरुण, दूधकोसी, तामाकोसी, नारायणी, त्रिशूली, बूढीगण्डकी, मर्स्याङ्दी, सेती र बबई नदीको जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाको अनुमान छ ।

यस दिन संखुवासभा, सोलुखुम्बु, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बाँके, बर्दिया, दार्चुला, बझाङ, डोटी र डडेलधुरा भई बहने केही साना नदीमा पनि बहाव बढ्ने पूर्वानुमान छ । महाशाखाले यी जिल्लाका नदीमा बाढीको मध्यम जोखिमको सम्भावना औँल्याएको छ ।

इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, भोजपुर, खोटाङ, ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौं, मकवानपुर उदयपुर, चितवन, कालीकोट र जुम्ला भई बहने केही साना नदीमा समेत बहाव बढ्ने सक्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।