फिन एलेनले तोडे क्रिस गेल र साहिल चौहानको कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । न्युजिल्याण्डका क्रिकेटर फिन एलेनले टी-२० क्रिकेटको एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान तोडेका छन् । वासिङटन फ्रीडमविरुद्ध एलेनले विस्फोटक शतक बनाउँदा छक्काकै कीर्तिमान तोडे ।

एलेनले यस खेलमा १९ छक्का प्रहार गरे र ५१ बलमा १५१ रन बनाएर आउट भएका छन् । यसअघि टी-२० क्रिकेटमा सर्वाधिक छक्काको कीर्तिमान क्रिस गेल र साहिल चौहानको नाममा थियो । गेलले बंगलादेश प्रिमियर लिगमा खेल्दा एकै इनिङमा १८ छक्का प्रहार गरेका थिए भने इस्टोनियाका चौहानले साइप्रसविरुद्ध टी-२०आईमै १८ छक्का प्रहार गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।