काठमाडौं । भारतमा बिहीबार भएको एयर इन्डिया विमान दुर्घटनामा होस्टेलमा रहेका ४९ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा मृत्यु हुने कुल संख्या कम्तीमा २९० पुगेको छ । अहमदावादबाट लन्डन जाँदै गरेको विमान दुर्घटना हुँदा चिकित्सकहरूको एक होस्टेल रहेको भवनमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार मृतक संख्यामा विमानमा सवार यात्रु र जमीनमा भएका अन्य व्यक्तिहरू समावेश रहेको सीएनएनले जनाएको छ । एयर इन्डियाका अनुसार उक्त एयर इन्डिया फ्लाइट न। १७१ मा सवार २४२ यात्रुमध्ये २४१ जनाको दुर्घटनामा मृत्यु भएको छ । एकजना ब्रिटिश नागरिकमात्र बच्न सफल भएको सीएनएन ले जनाएको छ ।
बाँकी मृतक होस्टेल भवन र जमिनमा भएका अन्य व्यक्तिहरू हुन् । मृतकको संख्या अझ बढ्नसक्ने बताइएको छ ।
Comment