५६ वर्षीय बाबुलाई बचाउन छोराले दिए कलेजो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पोखरा–१६ का ईश्वरबहादुर कार्कीको ज्यान छोरा आयुष कार्कीले कलेजो दान गरेर बचाएका छन्। कलेजो रोगका कारण सात वर्षदेखि बिरामी रहेका कार्कीको स्वास्थ्य झन् जटिल भएपछि २६ वर्षीय आयुषले आफ्नै कलेजोको आधा भाग दिएका हुन्।

जेठ ८ गते काठमाडौँको मेडिसिटी अस्पतालमा १४ घण्टा लामो सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार ९ घण्टा दातामा र १३ घण्टा प्राप्तकर्तामा शल्यक्रिया गरिएको हो।

सात वर्षदेखि भारत र पोखरामा उपचार गराउँदै आएका कार्कीलाई अन्ततः नेपालमै प्रत्यारोपण गर्न चिकित्सकले सल्लाह दिएका थिए। प्रत्यारोपणपछि बाबु–छोरा दुबै स्वस्थ रहेको अस्पतालले जनाएको छ।

“अब बुवा अस्पताल बस्नुपर्दैन, म पनि ठिक छु,” आयुषले प्रतिक्रिया दिएका छन्। “छोरा भएर धर्म निभाउन पाएँ,” आयुषको कामको चौतर्फी प्रशंसा भएको छ।

२०७६ सालदेखि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्दै आएको मेडिसिटी अस्पतालले कार्की परिवारमार्फत पहिलो सफलता पाएको जनाएको छ। हाल सरकारी–निजी गरी पाँच अस्पतालले यो सेवा दिँदै आएका छन्। नेपालमा वार्षिक दुई–तीन सय बिरामीलाई कलेजो प्रत्यारोपण आवश्यक पर्ने चिकित्सकहरू बताउँछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।