२४२ जना सवार विमान दुर्घटना, पाइलटले दिएका थिए आपतकालीन संकेत ‘मे डे’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । भारत गुजरातमा दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ‘एआई १७१’ जहाज उडाइरहेका क्याप्टेन सुमित सभरवालले दुर्घटनाको ठिक अगाडि आपतकालीन अवस्थाको संकेत दिएको पाइएको छ ।

उनले एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँगको सम्पर्कमा ‘मे डे’ संकेत गरेका थिए । मे डे जहाज गम्भीर आपतकालीन अवस्थामा लिइने संकेत शब्द हो ।

त्यसपछि आकाशको आसपास रहेका अन्य जहाज र एटीसी मार्फत विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम गरिन्छ । विमानस्थलमा दमकल, एम्बुलेन्स र उद्धारकर्मीलाई ‘अलर्ट’ गर्ने काम समेत सोही संकेतका आधारमा गरिन्छ ।

बिहीबार (जुन १२) दिउँसो एयर इन्डियाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ । विमानमा २४२ जना सवार थिए ।

एयर इन्डियाका अनुसार, दुर्घटनाग्रस्त बोइङ ७८७–८ विमानमा १६९ भारतीय, ५३ बेलायती, एक क्यानेडियन र सात पोर्चुगलका नागरिक सवार थिए । विमानमा २३० वयस्क यात्री, दुई शिशु र चालक दलका १० सदस्य थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।