काठमाडौं । नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय सिरिजको घोषणा गरेको छ। उक्त सिरिज सेप्टेम्बर २७, २८ र ३० मा यूएईको शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले दुईपटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग टी-२० सिरिज खेल्न लागेको यो पहिलो पटक हो ।
Comment