सौर्य बत्ती जडानमा भ्रष्टाचार, चक्रघट्टाका पूर्वअध्यक्ष सहित १० विरुद्ध मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै आयोगले उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो । आयोगका अनुसार पूर्वअध्यक्ष यादव सहितको सङ्लग्नतामा सौर्य बत्ती जडानका लागि छुट्याइएको बजेटमा चरम अनियमितता भएको थियो ।

पालिकाभित्र वडा-१ देखि ९ सम्म सौर्य बत्ती जडान गर्ने योजना थियो। सोही अनुसार नौ वटा शीर्षकमा २ करोड १६ लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो। त्यो योजनाको बजेटलाई संशोधन गरी दुई करोड ५३ लाख १८ हजार ८० रुपैयाँ बनाइएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।