काठमाडौं सहित यी २९ जिल्लामा बाढीको खतरा, ११ जिल्लामा ‘एल्लो वारेन्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबार वर्षासँगै देशका केही नदीमा पानीको बहाव बढ्ने पूर्वानुमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी महाशाखाले बिहीबार बिहान बुलेटिन जारी गरी यस दिन भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुला भई बहने नदीमा बहाव बढ्न सक्ने भन्दै बाढीको ‘मध्यम’ जोखिमको सम्भावना औँल्याइएको छ ।

इलाम, मोरङ, तेह्रथुम, पाँचधार, ताप्लेजुङ, संखुवासभा, खोटाङ, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, ललितपुर, काठमाडौं, मकवानपुर, उदयपुर, चितवन र बैतडी भई बहने केही साना नदीमा समेत बहाव बढ्ने सक्ने महाशाखाको पूर्वानुमान छ ।

यीमध्ये पनि भोजपुर, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बझाङ, डोटी, डडेलधुरा र दार्चुला जिल्लाका लागि भने महाशाखाले पहेँलो रङ लगाएको छ अर्थात् ‘एल्लो वारेन्ट’ नै जारी गरेको छ। मौसमविद्का अनुसार पहेँलो रङ लगाउनुको अर्थ सामान्य जोखिमभन्दा अलि बढी मध्यम जोखिमको संकेत गर्नु हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।