भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन ३५ दिने सूचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।

राष्ट्रिय भूमि आयोगले सार्वजनिक सूचना प्रकाशित गरी जग्गा पाउनका लागि पुन: सूचना प्रकाशित गर्दै निवेदन माग गरेको हो । तोकिएको ढाँचामा फाराम भरी यही जेठ २९ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सकिनेछ । निवेदन संकलनका लागि स्थानीय तहका वडाहरूमा संकलक खटिएका छन् । उनीहरू मार्फत निवेदन दिन सकिने आयोगले जनाएको छ ।

यो सूचना पहिलोपटक वैशाख ३१ गते प्रकाशित भएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।