ललितपुर । ब्राइट फ्युचर सेकेण्डरी स्कूल तथा कलेजको आयोजनामा जेठ ३० गते ‘चौथो ब्राइट फ्युचर एसईई कप फुटसल २०८२’ हुने भएको छ। प्रतियोगिता वखट सुनाकोठी फुटसल ललितपुरमा आयोजना गरिनेछ।
नकआउट प्रणालीमा हुने यस प्रतियोगिताको विजेताले ३० हजार रुपैयाँ, उपविजेताले १५ हजार, तेस्रोले ७ हजार र चौथो हुने टोलीले ३ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी, प्रमाणपत्र र विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
कलेजका प्रमुख किशोर अधिकारीका अनुसार प्रतियोगिताबाट छनोट हुने उत्कृष्ट १० खेलाडीलाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति दिइनेछ। त्यस्तै, सहभागी विद्यार्थीहरूले कक्षा ११ मा भर्ना भएमा ५० प्रतिशत छात्रवृत्ति पाउने छन्। प्रतियोगिताको उद्देश्य युवा प्रतिभालाई प्रोत्साहन गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलक्षेत्रमा योगदान पुर्याउनु रहेको अधिकारीले बताए।
Comment