सीजी मोटर्स हिरोद्वारा पोखरामा “एक्सट्रयाक”, अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सि.जी. मोटर्स हिरो मोटोकोर्पले अफ-रोड राइडिङका सौखिनका लागि आयोजना गर्ने ‘एक्सट्रयाक’ इभेन्टको दोस्रो संस्करण यही २०८२ जेठ ३१ गते पोखरामा आयोजना गर्ने भएको छ। पहिलो संस्करण धुलिखेलस्थित डर्ट टेम्पलमा सम्पन्न भएको थियो, जसमा ३ सयभन्दा बढी राइडरले सहभागी भएर इभेन्टलाई अत्यन्त सफल बनाएका थिए।

यसपटकको कार्यक्रम पोखराको महेन्द्र गुफा नजिकैको विशेष अफ-रोड ट्र्याकमा आयोजना हुनेछ, जहाँ सहभागीहरूले हिरोको एडभेन्चर श्रेणीअन्तर्गतको Xpulse 200 4V र Xpulse 200 4V Pro मोटरसाइकल ट्र्याकमा चलाएर आफ्ना अफ-रोड कौशल प्रदर्शन गर्न सक्नेछन्। कार्यक्रममा अफ-रोड ट्रेनिङ, सुरक्षा मापदण्ड र प्रोफेसनल मार्शलको निर्देशनमा राइडिङ टिप्ससमेत प्रदान गरिनेछ।

सुरक्षा सुनिश्चित गर्नका लागि सहभागीले अनिवार्य रूपमा चालक अनुमति पत्र तथा व्यक्तिगत सेफ्टी गियर ल्याउनुपर्नेछ। इच्छुक राइडरहरूले हिरो मोटोकोर्प नेपालको सामाजिक सञ्जालमार्फत निःशुल्क रजिस्ट्रेसन गर्न सक्नेछन्। अनुभवी राइडरहरूलाई कम्पनीको तर्फबाट मोटरसाइकल र एक्सपल्स ब्रान्डको लिमिटेड एडिसन जर्सी निःशुल्क प्रदान गरिनेछ।

कम्पनीका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य नेपाली युवा पुस्तामा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन गर्नुका साथै हिरो मोटोकोर्पद्वारा नेपाली बजारमा उपलब्ध प्रविधियुक्त बाइकहरूको प्रत्यक्ष अनुभव प्रदान गर्नु हो। ‘राइड फर एडभेन्चर’ अभियानलाई नयाँ उचाइमा पुर्‍याउन ‘एक्सट्रयाक’ इभेन्टलाई निरन्तरता दिने कम्पनीको योजना छ। शनिबार बिहान १० बजेदेखि सुरु हुने यो इभेन्ट अफ-रोड राइडिङमा रुचि राख्नेका लागि एउटा अविस्मरणीय अनुभव हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।