काठमाडौं । राजावादीहरुको आन्दोलनका क्रममा तीनकुनेमा प्रहरीले चलाएको गोलीबाट घाइते भएकी रेविका खत्रीलाई ८ लाख ४९ हजार ४ सय रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
उक्त सहयोग रकम संयुक्त जनआन्दोलन समितिले बुधबार शिक्षण अस्पताल, महाराजगञ्जमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेको हो।
संयोजक नवराज सुवेदी, निर्देशक समितिका सदस्य डा. प्रकाश चन्द्र लोहनी र हरिबहादुर बस्नेतले रमेशराज वास्तोलाको संयोजनमा पोर्चुगलको लिस्बनबाट प्राप्त रकम पीडित खत्रीलाई प्रदान गरेका हुन्।
उक्त रकम पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुद्वारा जुटाइएको हो। समितिका अनुसार, विदेशमा रहेका नेपालीहरुले रेविका खत्रीप्रति देखाएको सहयोगप्रति समितिले आभार व्यक्त गरेको छ।
Comment