आमाका नामबाट मात्र पनि नागरिकता दिइने विधेयक संसदीय समितिबाट पारित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आमाको नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने प्रावधानसहितको विधेयक सर्वसम्मतिले पारित गरेको छ। नेपालको नागरिकता ऐन २०६३ संशोधन गर्न ल्याइएको विधेयकले बाबुको नाम नखुलेको वा उल्लेख गर्न नचाहिएको अवस्थामा आमाको नामबाट स्वघोषणाका आधारमा नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरेको हो।

बाबु विदेशी र आमा नेपाली भएको अवस्थामा अंगीकृत नागरिकता दिने प्रावधान पनि विधेयकमा समावेश छ। स्वघोषणा झुटो ठहरे जरिवाना र सजायको व्यवस्था छ। मानवअधिकारकर्मीहरूले भने आमाबाट नागरिकता लिन स्वघोषणाको प्रावधान विभेदकारी भएको भन्दै आपत्ति जनाएका छन्।

विधेयकले १६ वर्ष पुगेपछि नागरिकता लिन सकिने गरी नाबालक परिचयपत्रको व्यवस्था पनि गरेको छ। अब यो विधेयक प्रतिनिधिसभामा पेस गरी पारित भएपछि राष्ट्रिय सभामा पठाइनेछ, र अन्ततः राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा जानेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।