काठमाडौं । फिफा विश्वकप छनोटको दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार विहान भएको खेलमा अर्जेन्टिना र कोलम्बियाले बराबरी खेलेका छन् । दुवै टोलीले १-१ गोलको बराबरी खेले । १-० ले पछि परेको अवस्थाबाट अन्तिम समयतिर गोल फर्काउँदै १० खेलाडीमा सीमित अर्जेन्टिनाले हार टारेको हो । अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । अर्जेन्टिना १६ खेलमा ३५ अंक जोडेर शीर्षस्थानमा छ । कोलम्बियाको १६ खेलबाट २२ अंक छ र छैटौं स्थानमा छ ।
Comment