काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी भएको छ । आफ्नो डेब्यु खेलमा नै नन्दन यादवले घातक बलिङ गरेपछि नेपाल नेदरल्यान्ड्सविरुद्ध १६ रनले विजयी भएको हो।
पहिलो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो। डच टोलीमाथि नेपालको यो दोस्रो जित हो। स्कटल्यान्डमा नेपालले लिग–२ को चारमध्ये तीन खेलमा जित निकालेको छ। पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको नेपाली टोली दोस्रो खेलमा भने घरेलु टोलीसँग २ रनले पराजित हुन पुगेको थियो। अब नेपाल, घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्सबीच आउँदो आइतवारदेखि टी–२० अन्तर्राष्ट्रिय शृङ्खला शुरू हुनेछ ।
Comment