काठमाडौं । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तातो हावा तथा लु बाट बच्न के गर्ने
— दिउँसो घरबाट बाहिर ननिस्कने
— बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने
— फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने
— मदिरा सेवन नगर्ने
— चिसो पानीले नुहाउने
— खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने
— क्याफिनले धेरै पिसाब गराउँने हुँदा चिया, कफी, सोडा जस्ता पेयपदार्थ नपिउने
— चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने
Comment