काठमाडौं । स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत मंगलबार नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। खेलअघि नेपाललाई ठूलो झट्का लागेको छ। अलराउन्डर गुल्शनकुमार झा र बलर सोमपाल कामी घाइते भएका छन्। दुवै खेलाडी घाइते भएपछि बसिर अहमद र नन्दन यादवलाई टोलीमा समावेश गरिएको छ। नन्दनले आज टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दैछन्।
Comment