विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो, २३.१ प्रतिशतले वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत असार मसान्तसम्मको तुलनामा यो उल्लेखनीय वृद्धिदर हो। वैशाख मसान्तसम्म अमेरिकी डलरमा सञ्चिति १८ अर्ब ४० करोड डलर बराबर रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.५ प्रतिशतले बढेको हो।

कुल सञ्चिति रकममध्ये २२ खर्ब ११ अर्ब रुपैयाँ राष्ट्र बैंकमा र ३ खर्ब १ अर्ब बैंक तथा वित्तीय संस्थाहरूमा रहेको जनाइएको छ। विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २१.२ प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार चालु दश महिनाको आयातलाई आधार मान्दा, सञ्चित विदेशी मुद्राले १७.४ महिनासम्मको वस्तु आयात र १४.६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने सामर्थ्य राख्दछ। विदेशी मुद्रा सञ्चिति बलियो हुनु नेपालका लागि आर्थिक स्थायित्व र अन्तर्राष्ट्रिय कारोबारको विश्वसनीयताका हिसाबले सकारात्मक सूचक मानिन्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।