काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा देशको चालू खाता सन्तुलन सकारात्मक बनेको छ। उक्त अवधिमा चालू खाता २ खर्ब ५५ अर्ब ४५ करोड रुपैयाँले बचतमा रहेको छ।
पछिल्लो केही वर्ष लगातार घाटामा रहँदै आएको चालू खाता सन्तुलन यस वर्ष बचतमा फर्किएको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालू खाता ९ अर्ब ७६ करोड घाटामा रहेको थियो।
चालू खाता सन्तुलन सकारात्मक बन्नुको प्रमुख कारणहरूमा विप्रेषण आप्रवाहको उल्लेख्य वृद्धि, विदेशबाट आयातमा कमी, तथा सेवातर्फको आय–व्यय सुधार रहेका राष्ट्र बैंकले जनाएको छ।
चालू खाता सन्तुलनले देशको बाह्य क्षेत्रको स्वास्थ्य मापन गर्न प्रयोग हुने प्रमुख सूचक भएकाले यो सकारात्मक मोड अर्थतन्त्रको लागि आशाजनक संकेतको रूपमा लिइएको छ।
Comment