विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि, १३ खर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दश महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि दर १६.९ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनामात्रै १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो अघिल्लो वर्षको वैशाखको तुलनामा करिब ५० अर्बले बढी हो।

यही अवधिमा अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यो वृद्धिदर १४.८ प्रतिशत थियो। राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आवको पहिलो दश महिनामा कुल खुद द्वितीय आय १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १ खर्ब ७७ अर्बले बढी हो।

विशेषज्ञहरूका अनुसार विदेशमा नेपाली कामदारको स्थायित्व, डिजिटल माध्यमबाट पठाइएको रकमको बढ्दो हिस्सा र डलरको सापेक्षमा स्थिर विनिमय दरले रेमिट्यान्समा स्थिरता देखिएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।