म्यान पावर कम्पनी नविकरण गर्दा गुगल लोकेशन अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।अब म्यानपावर कम्पनी नवीकरण गर्न ‘गुगल प्लस कोड’ अनिवार्य हुने भएको छ। वैदेशिक रोजगार विभागले इजाजतपत्र नवीकरणको नयाँ मापदण्ड लागू गर्दै, कम्पनीको ठेगाना डिजिटल रुपमा प्रमाणित गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

नयाँ निर्देशअनुसार कम्पनीको प्लस कोड मात्र होइन, उक्त कोड संस्थाको वेबसाइटमा पनि स्पष्ट रूपमा राख्नुपर्नेछ। विभागका अनुसार यसले सेवाग्राही र अनुगमन निकाय दुबैका लागि पहुँच सहज बनाउनेछ।

सूचना प्रविधिको युगसँग कदम मिलाउँदै
“एक्काइसौं शताब्दी सूचना प्रविधिको युग हो, यसैका आधारमा डिजिटल पारदर्शिता बढाउन यो नियम ल्याइएको हो,” विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले बताए।

वैदेशिक रोजगार ऐन, २०६४ लगायतका प्रचलित कानुनअनुसार म्यानपावर कम्पनी, शाखा कार्यालय तथा तालिम संस्थाहरूले तोकिएको समयसीमाभित्र इजाजत नवीकरण गर्नुपर्नेछ। नवीकरण नगरे कारबाही हुने चेतावनीसमेत विभागले दिएको छ।

विस्तृत जानकारी विभागको वेबसाइट http://www.dofe.gov.np मा उपलब्ध छ।

 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।