पश्चिमी वायु शक्तिशाली बन्दा मनसुन सक्रिय हुन सकेन्, देशभर गर्मी बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझैसम्म पनि पश्चिम र मध्य नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । त्यसैले पश्चिमी वायु र स्थानीय वायुको प्रणाली विकसित भएर केही क्षेत्रमा पानी पर्नुबाहेक मनसुनी वायुको कारण पानी पर्न सकेको छैन ।

राम्रोसँग पानी नपर्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ । मनसुन भित्रिएको १३ दिन भइसकेको छ । जेठ १५ गते राति कोसी प्रदेशमा मनसुन भित्रिएको थियो । १३ दिन भए पनि मनसुन कोशी प्रदेशबाट पश्चिमतर्फ अगाडि बढेको छैन ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख र बाहिरिने मिति अक्टुबर २ तारिख भए पनि २०८१ सालमा जेठ २८ गते (१० जुन) र २०८० सालमा जेठ ३१ गते (१४ जुन) मा भित्रिएको थियो । केही वर्षयता भने सरदर मितिभन्दा अगाडि मनसुन भित्रिने र सरदर मितिभन्दा पछाडि मनसुन बाहिरिने गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।