राष्ट्र बैंकले माग्यो आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सुझाव, तपाईंको के छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति तयारी प्रक्रिया थालेको छ। गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नेतृत्वमा आउने पहिलो मौद्रिक नीति हुने भएकाले यसप्रति व्यापक चासो रहेको छ।

केन्द्रीय बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधिअनुसार आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र नीति ल्याउनु पर्ने प्रावधानअनुसार १५ साउनभित्र नीति ल्याउने तयारी गरिरहेको छ। त्यसका लागि बैंकले सरोकारवालाहरूबाट सुझाव माग गरेको छ। सुझाव दिनको लागि अन्तिम म्याद १० असारसम्म निर्धारण गरिएको छ।

सार्वजनिक रूपमा सुझाव संकलन गर्दै मौद्रिक नीति तर्जुमा प्रक्रिया अघि बढाएको केन्द्रीय बैंकले जनाएको छ। नीति निर्माणमा अर्थशास्त्री, बैंक तथा वित्तीय संस्थाहरू, उद्योगी-व्यवसायी र आम नागरिकका सुझावलाई समेत समेट्ने प्रयास हुने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।