महिला सशक्तिकरणका लागि नुवाकोटमा हस्ताक्षर अभियान सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । महिला सशक्तिकरण, अधिकार र राजनीतिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियान नुवाकोटको प्रसिद्ध जालपा मन्दिर परिसरमा सम्पन्न भएको छ। जेठ २४ गते आयोजित उक्त अभियानले स्थानीयस्तरमा महिला नेतृत्वको आधार निर्माण गर्ने विश्वास गरिएको छ।

कार्यक्रमको आयोजना अन्तरपुस्ता महिलावादी मञ्चले गरेको थियो। कार्यक्रममा गङ्गा आरती समूहका सदस्यहरू, स्थानीय भद्रभलाद्मीहरू, युवाहरू तथा अन्य जिल्लाबाट आएका श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अभियानमा सहभागी ५३ जनाले हस्ताक्षर गरी महिला सशक्तिकरणप्रति ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रमको सहजीकरण अनुपम अभियन्ता राजेन्द्र पुडासैनी, यशोदा कँडेल र रुपा खातीले गरेका थिए। गङ्गा आरती समूहका अध्यक्षले माता जालपा देवीको पूजापाठ र आशीर्वाद लिएर कार्यक्रमको विधिवत् उद्घाटन गर्नुभएको थियो। उहाँले अभियानले नुवाकोटमा राजनीतिक क्षेत्रमा महिलाको प्रभावकारी उपस्थितिको जग बसाल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको दौरानमा सहभागीहरूलाई महिला अधिकार, सामाजिक न्याय, र लैङ्गिक समानतासम्बन्धी विषयमा अभिमुखीकरण गराइएको थियो। साथै, आगामी दिनमा लैङ्गिक समानताको प्रवर्द्धनका लागि थप रणनीति अपनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो।

स्थानीयस्तरमा महिलाको नेतृत्व र सहभागिताको सम्भावनालाई बल दिने उद्देश्यले आयोजित यो अभियान महिला सशक्तिकरणको दिशामा ऐतिहासिक कदमको रूपमा हेरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।