काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज सुन तोलामा पाँच सय रूपैयाँले बढेको छ भने चाँदीको भाउ स्थिर छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार ७०० रूपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ रूपैयाँ निर्धारण भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।
Comment