काठमाडौं । आज (बिहीबार) प्रतिनिधि सभाको बैठक बस्दै छ।
बुधबार दिउँसो १ बजेदेखि बस्ने तय भएको बैठक दिउँसो ३ः१५ बजे बस्ने गरी समय सारे पनि बैठक सुचारू हुन नसकेपछि आज १ः०० बजेका लागि बैठक बाेलाइएकाे हाे।
हिजाे संघीय संसद् सचिवालयले सूचना टाँस गरेर बैठक दिउँसाे ३ः१५ को समय सरेको जानकारी दिएको थियाे। तर, त्यसमा पनि सहमति नभएपछि बिहीबार दिउँसाे १ः०० बजेसम्मका लागि बैठक स्थगित गरिएकाे हाे।
भिजिट भिसामा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छानबिन गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दलहरूले संसद अवरूद्ध गर्दै आएका छन् भने गृह मन्त्रीले संसदमा पहिला बोल्नु पर्ने अडान राखिरहेका छन्।
Comment