काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलले राखेका मागहरू पूरा गर्न नसकिने बताएका छन्। संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन असम्भव रहेको बताए।
उनले गृहमन्त्रीले संसद्मा जवाफ दिने वातावरण बनाइनुपर्ने र विपक्षीले पहिले उनको भनाइ सुन्नुपर्ने धारणा राखे। बर्तौलाले प्रतिपक्षीले संसद्लाई बन्धक बनाएको आरोप लगाउँदै उनीहरूको माग अपरिपक्व भएको टिप्पणी गरे।
सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा हिजो र आज संसद् बैठक बस्न सकेन भने अब भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ।
Comment