नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ५ अर्बमा खुम्चियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लगातार दोस्रो दिन नेपाली सेयर बजारमा गिरावट देखिएको छ । बुधबार सेयर बजारको प्रमुख सूचक नेप्से ११.९७ अंकले घट्दै २६४६.९५ विन्दुमा पुगेको छ । अघिल्लो दिन मंगलबार नेप्से ३५.७३ अंकले घटेको थियो ।

सेयर बजारमा बुधबार कारोबार रकम पनि घटेको देखिएको छ । कुल ५ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन मंगलबारको ६ अर्ब ४६ करोड रुपैयाँको तुलनामा करिब १ अर्ब ३० करोड रुपैयाँले कम हो ।

बुधबारको कारोबारमा ६६ कम्पनीका सेयर मूल्य बढेका छन् भने १८१ कम्पनीका सेयर घटेका छन् । १ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । ओम मेगाश्री हाइड्रो र पियोर इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको भए पनि समग्र बजार सूचकमा भने नकारात्मक प्रभाव देखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।