एक महिनामा जीवन बीमकको व्यापार रु. १३.१८ अर्ब, कुनले कति गरे बीमाशुल्क संकलन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली जीवन बीमा क्षेत्रले बैशाख महिनामा उल्लेखनीय आर्थिक प्रगति गरेको छ । एक महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले १३ अर्ब १८ करोड ६४ लाख २३ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिका अनुसार बैशाख महिनामा ४ लाख ९८ हजार ६३४ वटा बीमा पोलिसी बिक्री भएका छन् । यो तथ्यांकले बीमा क्षेत्रप्रति जनविश्वास र सहभागिता बढ्दै गएको स्पष्ट संकेत गर्छ ।

उक्त अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गर्दै अग्रस्थान कायम गरेको छ । दोस्रो स्थानमा रहेको नेशनल लाइफले १ अर्ब ५६ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको एलआइसी नेपालले १ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेका छन् । त्यसपछिका कम्पनीमध्ये हिमालयन लाइफले १ अर्ब १९ करोड, सूर्यज्योति लाइफले ८७ करोड २३ लाख, एशियन लाइफले ६७ करोड ६३ लाख, सिटिजन लाइफले ५९ करोड ३३ लाख, मेट लाइफले ५४ करोड २९ लाख, र राष्ट्रिय जीवन बीमा कम्पनीले ५० करोड ८० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै, सानिमा रिलायन्स लाइफले ४९ करोड १२ लाख, रिलायबल नेपाल लाइफले ४५ करोड ६७ लाख, प्रभु महालक्ष्मी लाइफले ४२ करोड ६८ लाख, आइएमई लाइफले ४१ करोड ७८ लाख र सन नेपाल लाइफले ३३ करोड २६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यसरी एक महिनामै १३ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन हुनु बीमा क्षेत्रको द्रुत विकास र वित्तीय क्षेत्रमा यसको प्रभावकारी उपस्थिति दर्शाउने संकेत हो । बीमा सचेतना बढ्दै जाँदा आगामी दिनमा यो क्षेत्र अझ विस्तार हुने अपेक्षा गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।