दलित उत्थानका लागि विशेष नीति आवश्यक : दाहाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छुवाछूतमुक्त राष्ट्र घोषणाको १९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै संविधानमा समानुपातिक समावेशी सिद्धान्तअनुसार सहभागिता सुनिश्चित हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन्।

शुभकामना सन्देशमा दाहालले दलित समुदायको समग्र उत्थानका लागि विशेष नीति, कार्यक्रम र पहल आवश्यक रहेको उल्लेख गरेका छन्। उनले सामन्ती व्यवस्थाले संस्थागत गरेको विभेदको अन्त्य बृहत् शान्ति सम्झौतापछिको ठूलो परिवर्तन भएको स्मरण गराएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।