थाइल्यान्डसँग नेपालको दोस्रो हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको महिला राष्ट्रिय फुटबल टिम सोमबार घरेलु टिम थाइल्यान्डसँग दोस्रो अन्तर्राष्ट्रिय मैत्री खेलमा २–० ले पराजित भएको छ।

नेपाल र थाइल्यान्डले अर्को महिना हुने एसियन कप छनोटको तयारी अनुरूप एकआपसमा दुई खेलको अन्तर्राष्ट्रिय फुटबल शृङ्खला खेलेको हो। सो छनोट मे ४ देखि हँुदै छ। नेपाल समूह ‘एफ’ मा लाओस, श्रीलङ्का र उज्बेकिस्तानसँग रहेको छ। समूह विजेता एसियन कपका लागि चयन हुने छ।

पहिलो अन्तर्राष्ट्रिय खेलमा थाइल्यान्डले नेपाललाई १–० ले हराएको थियो। सो खेल दर्शकबिनाको रङ्गशालामा खेलिएको थियो। बैङ्ककमा भएको खेलमा घरेलु टिमथाइल्यान्डले खेलको ५९ औँ मिनेटमा फ्रिकिकमा गोल गरी अग्रता बनायो।

जे. मोङकोल्डीले करिब ३० गजबाट बल सिधै गोलपोस्टमा छिराएकी थिइन्। सो गोल भएको दुई मिनेटपछि नै नेपालकी फरवार्ड सावित्रा भण्डारी साम्बाले बराबरी गोल गर्ने अवसर पाएपनि गोल गनै सकिनन्। सविना रानामगरले दिएको पासमा डिबक्सभित्र खुला रहेकी सावित्राले प्रहार गरेको बल गोलपोस्ट नजिकबाट बाहिरियो।

खेलको ७३ औँ मिनेटमा थाइल्यान्डले आफ्नो अग्रता दोब्बर पा¥यो। थाइल्यान्डका लागि प्रत्याव्रmमणमा सी. रोडथोङले गोल गरिन्। मैदानको दायाँ भागबाट डिबक्समा आएको व्रmसलाई सदुपयोग गर्दै रोडथोङले गोल गरेकी थिइन्

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।