काठमाडौं । सार्वजनिक सवारीमा सिण्डिकेट हटाउने प्रयासस्वरूप बस सञ्चालनमा ल्याएको मयुर यातायातले आन्दोलनरत यातायात व्यवसायीको धम्कीपछि आफ्ना बसहरु ग्यारेजमा थन्काएको छ।
सोमबार बिहान १० वटा बस सञ्चालनमा ल्याएको मयुरलाई तोडफोड र आगजनीको चेतावनी दिइएपछि बस फिर्ता गर्नुपरेको सञ्चालक गोपालबहादुर थापाले जानकारी दिए।
उनका अनुसार विभिन्न सडक खण्डमा बसेका सिण्डिकेट समर्थकले बस देखेपछि तत्काल थन्काउन दबाब दिएका थिए।
यसअघि २०७५ सालमा पनि मयुरका करिब २० बस सिण्डिकेटधारीको आक्रमणको सिकार बनेका थिए। अहिले मयुर यातायातसँग ९६ वटा बस छन् भने साझाले भने सुरक्षा दिएर सञ्चालन जारी राखेको छ।
Comment