काठमाडौँ । सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसले गणतन्त्रको समर्थनमा राजधानी काठमाडौँमा आमसभा गर्ने भएको छ। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो।
यसअघि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा नेकपा एमालेले काठमाडौँमा झाँकीसहितको र्याली निकालेर उत्सव मनाएको थियो। त्यही दिनदेखि राजतन्त्र समर्थक समूहहरू गणतन्त्रविरुद्ध प्रदर्शनमा उत्रिएका छन्।
यस्तो परिस्थितिमा नेपाली कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा स्पष्ट सन्देश दिन राजधानीमै आमसभा गर्ने तयारी गरेको हो। कांग्रेसको यो कदम सन्देशमूलक मात्र नभई सत्तारूढ दलको रूपमा आफ्नो जिम्मेवारी स्पष्ट पार्नेतर्फ लक्षित देखिन्छ।
आगामी दिनमा तय हुने सभा मिति र स्थानको प्रतीक्षा गर्दै देशको राजनीतिक तापक्रम फेरि एकपटक चुलिने संकेत देखिन थालेको छ।
Comment