‘राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी बन्द–हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा रहेको बताएका छन् । ‘बन्द, हड्ताल जस्ता कुनै पनि गतिविधि नगर्ने भनेर राप्रपाले चुनावी प्रतिबद्धता पत्रमा लेखेको छ। यस्तो लेख्ने राप्रपा पहिलो राजनीतिक पार्टी हो। यस्तो पार्टी बन्द, हड्तालजस्तो अलोकप्रिय र जनताबाट अस्वीकृत भइसकेको कार्यक्रममा कसरी उभिन सक्छ !,उनले भने। राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेता कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा पक्राउ परे।

संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थपनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले हठात् उपत्यका बन्दको घोषणा गरे। उपत्यका बन्दको आह्वान गर्दा सुवेदीले आन्दोलनको महत्त्वपूर्ण घटक राप्रपासँग पनि समन्वय गरेका थिएनन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।