काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए ।
कमल थापालाई फिर्ता गर्न माग गर्दै लिङ्देनले भने, ‘कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिबाट काठमाडौं उपत्यका बन्द सुरु हुन्छ ।’
उनले आफूहरुको बाध्यतालाई कमजोरी नठान्न चेतावनी दिए । ‘एउटा जिम्मेवार नेतृत्वको हिसाबले मैले भनिराखेको छु, हामीले आजै निषेधित क्षेत्र तोडिहाल्ने कुनै योजना बनाएका छैनौँ । तर, तपाईंहरूले कान खोलेर सुन्नुस्, तपाईंहरूले जहाँ भन्यो, त्यहाँ जाने यताबाट हिँड् उताबाट हिँड् भनेर नियन्त्रण गर्न खोज्नुभयो भने हामी मान्दैनौँ,’ उनले भने ।
Comment